त्यो दुर्घटना जसले नीशाको अस्थिपञ्जर मात्र बाँकी गरायो
काठमाण्डौं । सामाजिक सञ्जालमा अहिले नीशा घिमिरेका तस्विरहरु चर्चामा छन् । उनका केही अगाडीका तस्विरमा अहिलेको अवस्थाको तस्विर राखेर आर्थिक सहयोग माग्दै राखिएका पोष्टहरु फेसबुकमा भाइरल भैरहेका छन् । सबैले एउटै पोष्टलाई कपि गर्दै राखेको पाइन्छ ।
डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाली दुतावासमा खर्चको व्यवस्था गर्न माग गरेपनि कतैबाट सहयोग नपाएको परिवारको भनाई छ ।
निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपाटी स्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् । उनको हालको अवस्था देखेर जो कोहीको पनि आँखा रसाउँछ ।
२०७३ साल पौषमा नीशा घिमिरेको अनलाइन खबर डटकममा प्रकाशित समाचारबाट लिइएको तस्विर ।
दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी नीशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने अवस्थामा पुगेकी छिन् ।
सामाजिक सञ्जालमा चर्चामा रहेको तस्विर ।
बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको छ । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ ।नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’
चिकित्सकहरुलाई उद्धृत गर्दै उनका आफन्तले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’ हाल नीशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् ।
जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
विगत र अहिलेको तस्विर ।
निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । नीशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ । केटिएम दैनिकबाट
प्रतिकृया दिनुहोस