आइतबार, ४ फाल्गुण, २०८१

इन्द्रसरोवर ५ को प्रारम्भिक परिमाण

जीत हासिल गर्न काग्रेसलाई काडा चुनौती

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ नम्बर वडाको ८६६ मत गणना हुँदा सो वडामा नेपाली काँग्रेसले अग्रता लिएको छ काँग्रेसका दुतराज तितुङले ३९० मत सहित अग्रता लिँदै गर्दा १७७ मत सहित नेकपा एकीकृत समाजवादीका रामकृष्ण कार्की दोस्रो र एमालेका राजु लामा १५१ मत सहित तेस्रो स्थानमा देखिएका छन् । 

उता गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनीको अग्रता कायम नै रहेको छ । पुडासैनीको पोल्टामा अहिले ३५८३ मत छ भने कांग्रेसका विश्व लाल लामाले ३०७६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षका उम्मेदवार उमा कुमारी लामा ३५१६ मत सहित अग्रपङ्क्तिमा रहँदा नेपाली कांग्रेसका निर्मला रुम्बा ३१९६  मत सहित पहिलो हुने दौडमा छिन् ।

नेकपा एमाले फुट पछि स्थापित नेकपा एकीकृत समाजवादीको राम्रो प्रभाव भएको भनिएको यो वडाको निर्वाचनलाई विशेष किसिमले हेरिएको छ । 

यस अघिको निर्वाचनमा एमालेबाट प्यानल सहितको जीत हासिल गरेका जनप्रतिनधि नेकपा एकीकृत समाजवादीमा लागे सँगै एमालेको सङ्गठन कमजोर बनेको विश्लेषण गरेको यो वडा निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाको गृह वडा समेत हो ।

प्रतिकृया दिनुहोस