Warning: Trying to access array offset on value of type bool in /home/radioindrasarowa/domains/radioindrasarowar.com.np/public_html/detail-page.php on line 11
बुधबार, २३ माघ, २०८१

भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी उत्कृष्ट हुन सफल

मकवानपुर । प्रविधिको प्रयोग गर्दै इन्द्रसरोवरमा सञ्चालित भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी मा.वि. उत्कृष्ट हुन सफल भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, इन्द्रसरोवर समितिको आयोजनामा बुधबार सञ्चालन भएको प्रतियोगितामा महाचुनी मा.वि.का विद्यार्थी नै प्रथम र तृतीय हुन सफल भएका छन् । 
यहि असाढ १६ गते भएको प्रतियोगितामा महाचुनीको कक्षा ९ की छात्रा सुप्रिया लामा प्रथम, पन्चकन्या मा.वि.को कक्षा ६ की प्राची लामा द्वितीय र महाचुनीकै कक्षा १० का छात्र इशाक वि.क. तृतीय हुन सफल भएका हुन् ।

No description available.
इन्द्रसरोवर गाउँपालिका भित्रका कक्षा ६ देखि १० सम्मका छात्रा–छात्रहरूबिच अनलाइन जूम प्रविधि मार्फत गरिएको चित्रकला प्रतियोगितामा गाउँपालिका अन्तर्गतको ६ वटा मा.वि र १ आधारभूत विद्यालयका ९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 
प्रकृतिको विषयमा भएको प्रतियोगितामा शिक्षकहरु सहदेव कुमार रिमाल, संरचना शर्मा, सरस्वती थापा र आशा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा एन.एन.टि.ए. जिल्ला समिति, मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता तथा इन्द्रसरोवर गाउँ शिक्षा समिति सदस्या देवकृष्ण पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो ।

No description available.

No description available.

प्रतिकृया दिनुहोस