इन्द्रसरोवरमा विद्यालयहरुको वार्षिक परिक्षा आजबाट सञ्चालन हुने
विद्यालय निरीक्षकद्वारा शुभकामना व्यक्त

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका मातहतका सबै विद्यालयहरुको २०७८ को वार्षिक परीक्षा सोमबारबाट सञ्चालन हुने भएको छ । चैत्र २८ गते सोमबार बिहान ११ बजेदेखि संचालन हुने परीक्षाका लागि सबै विद्यालयहरुमा प्रश्नपत्र र उत्तर पुस्तिका हस्तान्तरण भैसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरिक्षक धर्मानन्द पन्तले जानकारी दिए ।
सोमबारदेखि गाउँपालिकाको विद्यालय स्तरीय वार्षिक परीक्षा र स्थानीय तह स्तरीय आधारभूत तह (कक्षा ८) परीक्षा २०७८ सञ्चालन हुने भएको हो । उक्त परीक्षाको लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
२०७८ चैत्र २८ गतेदेखि २०७९ बैशाख ७ गतेसम्म सञ्चालन हुने परीक्षामा तालिका अनुसार परीक्षा संचालन गर्न, परीक्षालाई मर्यादित, शान्त, विश्वसनीय र बैध बनाउन विद्यालय निरीक्षक पन्तले सम्बन्धित सबैमा अनुरोध गरेको छ । साथै उनले परीक्षामा सहभागी सबै विध्यार्थीहरुलाई सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।
परीक्षामा गाउँपालिका भरिका कक्षा १ देखि ९ सम्म अध्ययनरत जम्मा २ हजार ३ सय ३९ जना विद्यार्थीहरु सहभागी हुनेछन् । इन्द्रसरोवर गाउँपालिकामा हाल ६ वटा माध्यमिक र अन्य गरी २१ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस