बुधबार, ९ माघ, २०८१

बालबालिकाको संरक्षण र बिकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

चितवन । बालबालिकाको संरक्षण र बिकासको क्षेत्रमा बागमती प्रदेश सरकार प्रतिबद्ध भएको बागमती प्रदेश सरकारकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताइन् ।

शनिबार चितवनको सौराहामा बाल बिकास समाज काठमाण्डौले आयोजना गरेको बाल संरक्षणका सवाल : चुनौती र समाधान विषयक बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री मोक्तानले बालबालिकाको सचेतनाको लागि प्रदेश सरकारले ठोस कार्यक्रम ल्याएको बताए ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयसंगको समन्वयमा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछने बागमती प्रदेशको बाल संरक्षण र प्रवर्द्धनको क्षेत्र नीति निर्माण र कार्यान्वयनको लागि आयोगले सहयोग गर्ने बताए ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र राष्ट्रिय बाल संरक्षण संजाल संगको सहकार्य मा भएको कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अपरेसन डाईरेक्टर अनुप रानाले नेपाल सरकारको बालबालिकाको क्षेत्रमा परेका प्राथमिकताको क्षेत्रमा वर्ल्ड भिजनको सहकार्य रहेको र आगामी दिनमा सहकार्य गर्ने योजना रहेको बताएका थिए ।

अन्तरक्रिया कार्यक्रमले बाल अधिकार र संरक्षणका बिद्यमान ऐन नियमको बारेमा थप जानकारी प्राप्त भएको र आफ्नो पालिकामा बालबालिकाको क्षेत्रमा प्रभावकारी ढंगले नीतिगत ब्यवस्था गरी कार्य गर्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बताए ।

कार्यक्रममा बागमती प्रदेश अन्तरगत मकवानपुर, धादिङ, चितवन, सिन्धुली जिल्लाका २० स्थानीय तहका उपप्रमुख तथा सामाजिक बिकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस