इन्द्रसरोवरमा वडा पालिकाले बाँड्यो बालबालिकालाई न्यानो कपडा
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ ले आफ्नो वडा भरका सामुदायिक विद्यालयमा भेस्ट र ट्रयाक सुट बितरण गर्न सुरु गरेको वडा सदस्य बुद्धिराम तामाङ्ग ले जानकारी दिनु भयो।
आर्थिक अभाबका कारण आफ्नो वडाका बालबालिकाको शिक्षामा रोकावट नआओस भन्ने उद्देश्यका साथ बिद्यार्थी भाइबहिनीहरुको हौसला र प्रोत्साहनका लागि यस्ता कामलाई निरन्तरता दिइरहेको वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो।
६० जना बालबालिका अध्यनरत रहेका यस वालतिर्थ आधारभुत विद्यालयमा सम्पुर्ण बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । मङ्सिर ५ गते मङ्गलबार वालतिर्थ आधारभुत विद्यालयबाट बितरण सुरु गरिएको भेस्ट र ट्राक सुट २ न. वडाका सबै विद्यालयका विद्यार्थी भाइबहिनिहरु लाई छिटै बितरण गरिसक्ने अध्यक्ष श्रेष्ठ ले जानकारि दिनु भयो। इन्द्रसरोवर गाउँपालिका २ न.वडाको आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत सन्चालान गरिएको उक्त कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा हौसला मिलेको छ ।
आर्थिक अभावका कारण जाडो बढे सङ्गै चिन्ता धेरै बढेको थियो वडाले यति सहयोग गर्दा धेरै आनन्द र खुसी मिलेको स्थानिय एक अभिभावकले बताउनुभयो ।
प्रतिकृया दिनुहोस