सुनको मूल्य सस्तियो, चाँदी घट्ने क्रम राेकिएन
काठमाण्डौं । सुन तोलामा ५०० रुपैयाँले गिरावट भएको छ । चाँदी पनि निरन्तर पाँच दिनदेखि ओरालो लागिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी, एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
साताभरमा सुन प्रतितोला ९०० रुपैयाँले घटेको महासंघको तथ्यांकमा देखिन्छ । जेठ ५ अर्थात् गत शुक्रबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँ तोकिएको थियो । त्यसयउता भने सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको थियो । यो साता सुन सबैभन्दा महंगो आइतबार र सोमबार प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो । सुन साताभरकै सस्तो भने आज नै रहेको छ ।
चाँदीको मूल्य निरन्तर पाँचौ दिन गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य यो साता प्रतितोला २५ रुपैयाँले गिरावट भएको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार वृद्धि भएर एक हजार ३८५ रुपैयाँ पुगेको थियो । त्यसयता भने चाँदी निरन्तर ओरालो लाग्यो ।
प्रतिकृया दिनुहोस