सोमबार, ७ माघ, २०८१

आयोजक नाटेश्वरलाइ उपाधी, लालिमा दोस्रोमा रोकियो ।

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ०२ न.वडा को आर्थिक सहयोग मा नाटेस्वरी युवा क्लव को आयोजनामा सन्चालित फुटबल प्रतियोगिताको उपाधि आयोजक नाटेस्वरी युवा क्लव ले जितेको छ । आइतबार सम्पन्न फाइनल भिडन्तमा आयोजक   नाटेस्वरी युवा क्लब ले लालिमा युवा क्लब फाखेल लाई ३-१ले हराउदै नाटेस्वरी युवा क्लब चाम्पियन बनेको हो।
इन्द्रसरोवर ०२ स्थित गोलटार खेलमैदानमा भएको उपाधि भिडन्तमा नाटेस्वरी युवा क्लब कुलेखानी प्रथम भयो भने लालिमा युवा क्लब दोस्रो र सिस्नेरी "ए" टिमले तेस्रो स्थान हात पार्यो

विजेता बनेको नाटेस्वरी युवा क्लब  ले उपाधिसहित नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा हात पार्यो भने उपविजेता लालिमा युवा क्लब नगद ३० हजार  ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो भएको सिस्नेरी "ए" टिम ले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा मा चित्त बुझायो ।

नाटेस्वरी युवा क्लब सुलिकोट को आयोजनामा कार्तिक १५ गते देखि सन्चालन भएको प्रतियोगितामा पालिका को ५ बटै वडाका कुल १० टिमले सहभागी जनाएका थिए ।

उक्त खेल प्रतियोगिता को फाइनल खेल कार्तिक १९ गते भएको थियो र उक्त  कार्यक्रमको सभाध्यक्षता ईन्द्र सिं लामाले गर्नु भएको थियो भने प्रमुख अथिति इन्द्रसरोवर गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत प्रलाद  कार्की, बिशेष अथिति इन्द्रसरोवर गाउँपालिका वडा न. ०२ का अध्यक्ष   सुमन श्रेष्ठ ले गर्नु भएको थियो भने अन्य आमन्त्रित अथितिहरुमा ०१ न. वडाका निबर्तमान वडा अध्यक्ष जमान सिं लामा, वडा सदस्य वुद्धीराम लामा,सामाजसेविहरु राजेश बाबू सापकोटा,कृष्ण बहादुर लामा,दिल बहादुर लामा,बुद्धिमान स्याङ्तान,वीर बहादुर बल रहनु भएको थियो ।

प्रतिकृया दिनुहोस