राष्ट्रिय युवा संघद्धारा कुलेखानी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नं. २ स्थित कुलेखानी स्वास्थ्य चौकीलाई राष्ट्रिय युवा संघले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले यहि असाढ ९ गते बुधबार स्वास्थ्य चौकीमै पुगेर वडा नं. २ का वडा अध्यक्ष राजुमान महर्जन समक्ष सामाग्री हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष किरण पौडेल सहितको टोलीले ४ वटा बेड, २ वटा अक्सिजन सिलिन्डर लगायतका विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन् ।
केन्द्रिय अध्यक्ष किरण पौडेल, स्थायी कमिटी सदस्य बाबुराम ग्याबा, सचिवालय सदस्य जयराम लामा लगाएत स्थानीय युवाहरुको पहलमा उक्त स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको हो ।
प्रतिकृया दिनुहोस