Warning: Trying to access array offset on value of type bool in /home/radioindrasarowa/domains/radioindrasarowar.com.np/public_html/detail-page.php on line 11
सोमबार, ७ माघ, २०८१

सोमबार मात्रै १२ जनामा कोरोना पुष्टि, कुलेखानीको मात्रै ९ जना

मकवानपुर । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सोमबार मात्रै १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नं. २ को कुलेखानी स्वास्थ्य चौकीमा २१ जनामा गरिएको परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाकाे स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिए । 

सोमबार गरिएको परिक्षणमा वडा नं. २ कुलेखानीका ४०, २५, ४३, २६ र ८० वर्षीय पुरुष र ७६, ४०, ३१ र ३६ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ भने वडा नं. ५ फाखेलका २९ र ३३ वर्षीय पुरुष र २८ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्टाफ नर्स सरिता कार्कीले जानकारी दिए ।

यसका साथै इन्द्रसरोवरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ जना पुगेको  छ । गाउँपालिकाकाे स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार सोमबारसम्म इन्द्रसरोवरमा १ सय १९ जनामा कोरोना भाइरस (कोभिड १९) को एन्टिजेन परिक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस