सोमबार, ७ माघ, २०८१

टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन हुने

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा चैत्र २५ गते देखि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिका लक्षित गरी टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बुधवार आयोजित एक कार्यक्रममा जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखाले यहि चैत्र २५  गतेदेखी ३० सम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान प्रत्येक वडामा रहेका विद्यालय लाई केन्द्रका रुपमा तोकी सञ्चालन गरिने भएको हो ।

गाउँपालिकाले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान तथा नियमित खोप टाइफाइड खोप सुरुवात  सम्बन्धि पालिका स्तरमा पत्रकार तथा विद्यालय शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरि सो सम्बन्धमा जानकारी गराइएको हो ।

कार्यक्रमका केही तस्वीरहरुः

तस्वीरहरुः पुस्कल सागर, मञ्जरी बलामी 

प्रतिकृया दिनुहोस