मार्खुको जनासी डाँडामा २ सय ५० दाँते ओखरको बिरुवा रोपियो
मकवानपुर । वृक्षारोपण दिवसको अवसरमा मार्खुको जनासी डाँडामा दाँते ओखरको बिरुवा रोपिएको छ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ मार्खु स्थित उक्त डाँडामा यहि असाढ १४ गते सोमबार २ सय ५० बोट दाँते ओखरको विरुवा रोपिएको हो ।
इन्द्रसरोवर सबडिभिजन वन कार्यालय, मार्खुको आयोजना र इन्द्रसरोवर सामुदायिक वन उपभोक्ता समुह, मार्खुको समन्वयमा सामुदायिक वनको क्षेत्र भित्र ओखरको विरुवा रोपेको हो । अतिक्रमण हुनसक्ने संवेदनशिल वन क्षेत्रमा ओखर वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको इन्द्रसरोवर सबडिभिजन वन कार्यालयका रेन्जर रुपक कुमार ब्लोनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस