अविरल वर्षाले खानीखेतको गैरीखेत डुबायो
मकवानपुर । केहीदिन देखि लगातार परेको पानीले खानीखेतका गैरीखेत डुबाएको छ । लगातारको अविरल झरीले इन्द्रसरोवर गाउँपालिका वडा नं. २ कुलेखानी स्थित खानीखेतको गैरीखेत डुबाएको हो ।
यहि असारको पहिलो साता भित्रै धान रोपाई सकिसकेको उक्त खेतमा अहिले पानीले तलाउ भएको छ । बिगत केहीवर्ष देखि नै वर्षाको समयमा उक्त खेत डुवानमा पर्ने गरेको वडा अध्यक्ष राजुमान महर्जनले बताए ।
भौगोलिक अवस्थाले गर्दा उक्त खेतबाट पानीको निकासाको लागि समस्या भएका कारण प्रायजसो वर्षायाममा गैरीखेत तलाउमा परिणत हुने गरेको स्थानीय किसानहरुको भनाई छ ।
तस्विरमा यस्तो देखिन्छ गैरीखेतः–
प्रतिकृया दिनुहोस